९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

सेयर बजारमा उछालः ३ अर्ब ४५ करोडकाे काराेबार, दुई कम्पनीको सेयरमा सर्किट

२८ जेठ, काठमाडाैं ।  साताको पहिलो काराेबारकाे  दिन सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अकंले बढेर १९८०.०९ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । यस दिन भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटलको सेयर मूल्यमा सर्किट लागेको हाे । आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन नागरिक लगानी कोषको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १५:१७