२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२८ जेठ, काठमाडाैं । गरिमा विकास बैंक आज जेठ २८ गते आइतबारबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा राखेको हाे।

हाललाई उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र काठमाडाैंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : June 11, 2023 at 12:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/