बहिरबाट आएकाले पनि काठमाडौँको माया गर्न थालेः कांग्रेस नेतृ राणा
२७ जेठ, काठमाडाैँ । नेपाली काँग्रेसकी नेतृ एवं सांसद डा आरजु राणा देउवाले वातावरणप्रति चेतना बढ्नु सकारात्मक पक्ष भएको बताउँदै काठमाडौंप्रति माया गर्नेहरु बढ्नु खुसीको कुरा भएको बताएकी छिन ।
शनिबार काठमाडौंमा वातावरण दिवसको अवसर पारेर आयोजित विशेष स्वच्छता कार्यक्रममा बोल्दै उनले भनिन ‘ शहर सफा राख्नु पर्छ भन्ने चेत बढ्नु खुसीको कुरा हो, अझ पछिल्लो पुस्तामा देखिएको यो सकारात्मक पक्षले वातावरण संरक्षणमा बल पुर्याउछ, काठमाडौंमा जन्मिएकाहरु मात्र नभइ अहिले काठमाडौंलाई माया गर्नेहरुको संख्या बढ्नु काठमाडौंका लागि अर्को सुखद पक्ष भएको छ । ’
म बदलिन्छु अनि देश बदलिन्छ भन्ने नाराका साथ मैनादेवी फाउण्डेशनले सुन्दर, स्वच्छ र हरियाली राष्ट्रको परिकल्पना गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको छ । यही क्रममा शनिबार काठमाडौंमा आयोजना गरेको नेपाल टेलिकम क्लिन अप प्रिमियर लिग –सीपीएल कार्यक्रममा काठमाडौं उपत्यकाको वातावरणमाथि बहस गरिएको थियो ।
प्रकाशित मिति : June 10, 2023 at 5:15 pm










