६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

वातावरण संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्छः मन्त्री आचार्य

२७ जेठ, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले वातावरण संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा वातावरण दिवसको अवसर पारेर आयोजित विशेष स्वच्छता कार्यक्रममा बोल्दै मन्त्री आचार्यले वातावरण दिवस नारामा मात्र सीमित नभई व्यवहारमा पनि उर्तान आवश्यक भएको बताए ।

उनले भने ‘ वातावरण संरक्षण सबैको सरोकारको विषय हो । निजी क्षेत्र गैर सरकारी संघ संस्था नागरिक समाज आम नागरिक सबैको सहकार्य र सम्वन्वयनबाट नै सफा शुद्ध हरित चरण निर्माण सम्भव छ । त्यसैले सबै आफुले सिकेका कुराहरु घर समाज र समुदायलाई सिकाउने आफुले व्यवहारमा उर्तान अनुरोध गर्छु । प्लाष्टिकजन्य पदार्थहरु उपयोगमा नियन्त्रण गर्ने,व्यवस्थित शहरीकरण गर्ने,ढल निकासलाई व्यवस्थित गर्ने भएकोले सबै सम्बन्धित निकायलाई यस तर्फ लाग्न अनुरोध गर्दछु । वातावरण दिवस नारामा मात्र सीमित नहोस कार्यन्वयन पनि होस । यसको लागि सरकार तत्पर छ। ’

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १७:१३