विदेशी मुद्राको सञ्चिति २०.९ प्रतिशतले बढ्याे, ९.७ महिनाको आयात धान्ने
२६ जेठ, काठमाडौं । छिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएर १४ लाख ७० अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १४:३९