९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

सर्वसाधारणका लागि नेपाल रिपब्लिक मिडियाको आईपीओमा बिक्री खुला, कति दिने आवेदन ?

२६ जेठ, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा आज (जेठ २६ गते)बाट आवेदन खुला गरिएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको छ।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म  छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गते बैंकिङसम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 9, 2023 at 9:50 am