२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

आज कुन फलफूल तथा तरकारीको कति छ मूल्य ?


२६ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार,नेपाली ठूलो गोलभेँडा भारतीय प्रतिकेजी न्युनतम ६० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १० रुपैयाँ,रातो आलु(मुडे) ३८ रुपैयाँ,स्थानीय काउली ६०रुपैयाँ, कागती १५० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ७०,मकै बोडी ५०,लोकल घिउ सिमी ४०, राजमासिमी ८०,भटमासकोशा १२०,मटरकोशा १६०,तिते करेला ४०,लौका ६०,परवल लोकल ७०,पाकेको फर्सी ५०,डल्लो फर्सी हरियो ४०, घिरौंला ५०,भिण्डी ७०, स्कूस ५०, कन्यच्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२०, कुरीलो १८०,ब्रोकाउली ८०,तोफु ११०,लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३३० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०,दसहरी आँप १००,मौसम १८०,अनार ३८०,केरा दर्जनको १३०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ०९:३६