२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै घोराही सिमेन्ट, प्रतिकित्ता ४३५ तिर्नुपर्ने

२४ जेठ, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १०० अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर ४३५ रुपैयाँको दरले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणको लागि निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि छिटोमा असार ४ गते र ढिलोमा असार १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 7, 2023 at 10:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/