५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

केपी ओलीको प्रश्नः धान फलाउने कुरा छैन्, गाँजा खेति कसलाई चाहिएको हो ?

२३ जेठ, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलि शर्माले, सरकारले कृषि क्षेत्रको सुधारको कुरा भन्दा अनावश्यक विषयमा ध्यान दिएको भन्दै आक्रोश पोकेका छन् ।

वास्तविक रुपमा कृषि क्षेत्रको सुधारका लागि आवश्यक बजेट तय गर्नु भन्दा स्वास्र्थ समहुको आकाक्षाको आधारमा गाँजा खेतिको कुरा उठाइएको उनको तर्क छ ।

उनले भने ‘धान फलाउने आलु फलाउने कृषि बढाउने गहुँ फलाउने कुरा छैन् । खाद्यान्नमा आत्मनिर्भर बनाउने कुरा छैन् । कसले गर्न खोजि राख्या छ यो गाँजा खेति । कल्ले गर्न खोजि राख्या छ । यो कस्का लागि जाँगा खेति ।’

उनले गाँजा खेति गर्न कसै न कसैले तयारी गरिरहेको र सरकारले त्यसकै लागि सहजिकरण गरेको उनको आरोप छ । त्यस्तै जनताका सरोकारका कुरा भन्दा फेन्सी कुरामा सरकारले ध्यान दिएको उनको भनाई छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १६:०३