२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

बजेटमा विचौलिया छिरेको विषयमा सदनलाई जानकारी गराउन सांसद खतिवडाकाे माग

२३ जेठ, काठमाडौं । रामहरी खतिवडाले बजेट निर्माणका क्रममा भएको कमजोरीबारे जवाफ दिन अर्थमन्त्रीसँग जवाफ मागेका छन् ।मंगलबार प्रतिनिधि सभामा उनले असम्बन्धित व्यक्तिलाई बजेट निर्माणमा सामेल गराउनु कारणबारे अर्थमन्त्रीले सदनलाई जवाफ दिनु पर्ने उनको माग छ ।

‘अर्थमन्त्रालयमा एक जना कर्मचारि रामकृष्ण श्रेष्ठलाई नियुक्त गरिएको थियो । त्यती वेला अर्थमन्त्री को थियो ? सचिव को थिए । दुई वर्ष अगाडी रिटार्य भएका कर्मचारीलाई त्यहाँ नियुक्ती गर्नुपर्ने जरुरी के पर्यो ?त्यो कसको ईच्छामा किन नियुक्ती गरिएको हो त्यसको जानकारी अर्थमन्त्रीसंग माग्न चाहान्छु’ उनले भने ।

प्रकाशित मिति : 14:52