१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

२३ जेठ, काठमाडाैं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ जेठ २५ गते बिहीबार बाँडफाँड गरिने भएको छ। कम्पनीले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म निष्कासन गरेकाे एफपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड हुने भएकाे हाे ।

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्कासन गरेकाे थियाे ।

सीडीएसका अनुसार संस्थाकाे एफपीओमा अन्तिम दिनसम्म कुल १४ लाख ४ हजार ७ जना आवेदकबाट १ करोड ६३ लाख ३ हजार २० कित्ता सेयका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४२.९६ गुणाले बढी हाे ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीकाे एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

प्रकाशित मिति : June 6, 2023 at 12:20 pm