८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

थप ११ कम्पनीले पाए ब्रोकर लाईसेन्स, नबिल सेक्युरिटिजलाई धितोपत्र व्यवसायीको अनुमति (सूचीसहित)

२३ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स प्रदान गर्ने निर्णय गरेको छ । जेठ २२ गते सोमबार बसेकाे धितोपत्र बोर्डकाे बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो। योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ। यसअघि ७ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डले जानकारी छ ।

बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ ।

त्यसैगरी, एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट, इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा, इन्डेक्स सेक्युरिटिज लिमिटेड डिल्लीबजार, शुभकामना सेक्युरिटिज प्रालि र हातेमालो फाइनान्सिङ सर्भिसेज प्रालिलाई सीमिति कार्य गर्ने गरी मात्रै धितोपत्र दलालको अनुमति दिइएको छ ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट लिमिटेड र नवील सेक्युरिटिज लिमिटेडले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १०:०५