२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नागरिकता विधेयकविरुद्ध एमालेका २३ जनवर्गीय संगठनकाे विरोध (फोटोफिचर)

२२ जेठ, काठमाडाैं । नेकपा एमालेनिकट २३ जनवर्गीय संगठनहरू काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। सोमबार काठमाडौंको माइतीघर मण्डलामा २३ जनवर्गीय संगठनहहरुले विरोध प्रदर्शन गरेका हुन्। एमालेनिकट जनवर्गीय संगठनहरूले सरकार पक्षबाट जनघात, राष्ट्रघात भएको भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले भारतसँग भूमि साटफेर गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति, नागरिकता विधेयक, रेश चौधरीलाई आममाफीको निर्णय, सांसद विकास कोष ब्यूँताइएको जस्ता विषयमा खबरदारी गरेका छन्। उनीहरुले रुाष्ट्रघात, अक्षम्य अपराध, असंवैधानिक नागरिकता विधेयक खारेज गर, भैँसीसँग मुलुक बेच्न पाइँदैन, भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन, बढ्दो महँगी नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति : June 5, 2023 at 5:56 pm