२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

एक दिन पनि टिकेन बजारको उत्साहः नेप्से दोहोरो अकंले घट्दा १ अर्ब ९७ करोडकाे काराेबार

२२ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा पहिराे गएकाे छ । अघिल्लाे काराेबारकाे दिन उच्च अंकले बढेकाे बजार साेमबार भने घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९०१.९९ बिन्दुमा बन्द भएको छ ।

आज २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भएको छ । आज रिभर फल्स पावर लिमिटेडको सेयरमा सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:17