५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध राजधनीमा नेमकिपाको विरोध

२१ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध जुलुस तथा धर्ना कार्यक्रम गरेको छ ।
आइतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बसेका हुन् ।

उनिहरुले नेपाली लेण्डूपहश्र मुर्दावाद,देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर,बलात्कारीलाई फाँसि दे जस्ता प्ले कार्ड सहित जुलुस तथा धर्ना गरेको छन् ।

यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १०:३०