५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

वैदेशिक रोजगारीमा गएका श्रमीकलाई मनोपरामर्श आवश्यकः सरोकारवाला

१९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मनोपरामर्श आवश्यक भएको सरोकारवालाले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजितएक अन्तर्रक्रियामा सहभागि सरोकारवालाले वैदेशिक रोगजारीमा जानेहरुमा मानसिक र गम्भीर प्रकृतिका शारिरीक समस्या धेरै हुने गरेको भन्दै स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् ।

धेरै जसो वैदेशिक रोजगारीमा खाडी मुलुक गएका नेपाली श्रमीकहरुमा मृगौला फेल हुने, मुटुको समस्या, मानसिक रोग लगायतका समस्याहरु पाइएको अधिकारकर्मी सुनिल न्यौपानेले बताए ।

विदेश गएर फर्किएका श्रमिकहरुको केन्द्र सरकारले प्रदेश तथा स्थानीय सरकारसंग पहल गरी श्रमिकहरुलाई विदेश जानु पूर्व र फर्किएपछि स्वास्थ्य परीक्षण अनिवार्य गराउनुपर्ने उनको भर्नाइ छ ।

पौरखी नेपालद्वारा आयोजित कार्यक्रममा सहभागिअधिकारकर्मीहरुले वैदेशिक रोजगारीमा गएका र फर्किएर आएका श्रमीकहरुमा मानशिक र शारिरीक समस्या बढ्दो रुपमा रहेको पाइएको भन्दै त्यसबारे बेलैमा सबैले सचेत हुनुपर्ने धारणा राखे ।

विदेश गएर फर्किएका धेरै श्रमीक दीर्घ रोग र मानशिक रोगको सिकार भएको पौरखीको ठहर छ । पौरखी नेपालले लामो समयदेखि वैदेशिक रोजगारीमा गएकाआप्रवासी श्रमीकको हक अधिकारलाई कानूनी र व्यवहारिक रुपमा सुनिश्चित र सुरक्षीत गर्नका लागि कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १६:२१