५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सुनकोशीमा बेपत्ता भएकाकाे खाेजिका लागि सशस्त्र प्रहरीको गोताखोर टाेली सिन्धुलीतर्फ

१९ जेठ, काठमाडाैं । सुनकोशी नदीमा जीप खसेर तीन जना बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारीकाे उद्धारको लागि सशस्त्र प्रहरीको गोताखोर टाेली सिन्धुलीतर्फ लागेका छन् ।उद्धारका लागी सशस्त्र प्रहरी बल, नेपालआश्रित गुल्म सिन्धुलीबाट सशस्त्र प्रहरी निरिक्षकसहितकाे कमाण्डमा १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरिक्षक कमाण्डकाे ९ जना र काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल २० नम्बर बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमाण्डकाे ७ जना गोताखोर टोली खटिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दैनिकीलाई जानकारी दिए ।

मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको थियाे । आज मध्यान्ह १२ः३० मा जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका थिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १४:३१