५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

१८ जेठ, काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार पेट्रोलियम पाइपलाईन,क्र्रस बोर्डरको विषयलगायतमा दुईपक्षीय सम्झौता भएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तार,तल्लो अरुण, फुर्कोट कर्णाली,क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले गरेको संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी बारे जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:०१