१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

१८ जेठ, काठमाडाैं । साताकाे पाँचाै काराेबारकाे दिन बिहीबार सुनकाे मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १४१० रुपैयाँ कायम भएको थियो। बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : June 1, 2023 at 11:07 am