१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

छुट्ला है ! प्राइम कमर्सियल बैंकको सेयर किन्ने आज अन्तिम दिन, कति छ न्यूनतम मूल्य ?

१७ जेठ, काठमाडाैं । प्राइम कमर्सियल बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकाे सेयरमा बोलपत्र पेस गर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ। बैंकले गत जेठ ३ गतेबाट संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकाे थियाे । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

उक्त सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरूले काठमाडाैंकाे नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार ११:१९