एमाले सिन्धु-काठमाडौँ सम्पर्क मञ्चले रगत दान गरेर गणतन्त्र दिवस मनायो
१६ जेठ, काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौ सम्पर्क मञ्चले आज काठमाडौको चाबहिल स्थित स्तुपामा रक्तदान कार्यक्रम राखेको हो।
कार्यक्रम सुरु गर्दै सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यले भने “अहिले उपत्यकामा रगतको अभाव भएको हुँदा, रगत संकलन पनि हुने, १५ गणतन्त्र दिवश रचनात्मक ढंगलेले मनाउने योजना अनुरुप नै कार्यक्रम राखेको बताउनुभयो ” ।
विहान १० बजे सुरु भएर २ बजे समापन भएको थियो। उक्त कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरुलाई एमाले स्थायी कमिटी सदस्य तथा पुर्वा कानुन मन्त्री शेरबहादुर तामाङ , जिल्ला अध्यक्ष कमल नेपाल लगायत ले प्रमाणपत्र वितरण समेत गरेका थिए ।

प्रकाशित मिति : May 30, 2023 at 7:44 am









