५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने

१५ जेठ, काठमाडौं । सरकारले बागमती र विष्णुमती लगायत नदी किनारामा रहेकाअनाधिकृत बसोबास हटाउने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गर्ने गरी बजेट छुट्याएको हो ।

उनले बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने बताए । काठमांडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघिय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:४६