२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

वैदेशिक सहायतातर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान आउने अनुमान

१५ जेठ, काठमाडौं । सरकारले आगामीआर्थिक बर्षमा वैदेशिक सहायता अपेक्षा भन्दा कम हुने प्रक्षपण गरेका छन् । संसदमा आगामी वर्षको वजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संसोधित अनुमान सार्वजनिक गरे ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री महतले बताए । चालु आवमा वैदेशिक सहायतातर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ ऋण आउने अनुमान गरिएको थियो ।

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारा सहितल्याइएको बजेटमा वैदेशिकअनुदानको ठूलो महत्व रहने छ ।
तर सरकारले चालु आवमा अनुमान गरिएको भन्दा निकै कम मात्र वैदेशिक सहायता पाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:०२