५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक जारी

१५ जेठ, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठकले आगामी आर्थिक वर्ष २०८० / ८१ को बजेट पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।

यो बाहेक अन्य आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुन सक्ने पनि बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ । आगामी आर्थिक वर्षको बजेट भने आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:४४