१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

अदालतको पूर्ण पाठ नआउँदै चौधरीबारे हतारमा निर्णय गर्नु बलमिच्याँई होः गगन थापा

१५ जेठ, काठमााडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएकोप्रति असन्तुष्टि पोखेका छन् ।

सोमबार नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलमा उनले चौधरीको सन्दर्भमा अदालतको पूर्ण पाठ पनि नआएको र सरकारले आफ्नो अनुकूल बनाएर दिएको आममाफीप्रति असन्तुष्टि जनाउँदै गणतन्त्रमा राजाको शासनकालमा जस्तो व्यवहार देखाएर सरकारले कानूनलाई बलमिच्याँई गरेको बताए ।

उनले भने, ‘ नेपालको कानूनले गरेको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाईँदैन् । आज सरकारलाई मन लाग्यो सरकारले निर्णय गरिदियो । राष्ट्रपतिले सजाय मिनाह गरिदिनुभयो, यो राजाको शासन होइन् । यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ।’

थापाले सरकार र राजनीतिक पार्टीले आफ्नो अनुकुलता परेको बेलामा जे गरे पनि हुन्छ र त्यो चल्छ भन्ने मानसिकताले अदालतको फैसला प्रति बलमिच्याँई गरेको दावी गरे ।

‘हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिचेर थिचेर बलमिच्याँइ र दादागिरी देखाए हामी कुनै निर्णय गछौं। अदालतको पूर्णपाठ आएको छैन। हतार हतार निर्णय गछौं भने,यसको अर्थ के हो,हामीले अदालतलाई हेप्यौं। बलमिच्याँई गर्यौ र हामीले जे गरे पनि हुन्छ भन्यौं। हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुराहरु चल्छ।’

हतारमा निणर्य गरेर चौधरीलाई आममाफीदिन सरकारलाई नेपाली कांग्रेसले आफ्नो सिद्धान्तमा सम्झौता गर्दै दिएको समर्थन चल्दै गए कालान्तरमा कांग्रेसले समस्या भोग्नुपर्ने उनको धारणा थियो ।

‘नेपाली कांग्रेसले आफ्नो सिद्धान्तमा सम्झौता गर्न थाल्यो र यो क्रमजारी रह्यो भने समस्याहरु बढ्दै जाने छन ।’ थापाले भने ।
कांग्रेसले आफ्नो सिद्धान्त माथि सम्झौता गर्दैन् भन्ने कुरा नागरिकमा स्थापित गराउनु पर्ने भन्दै उनले विधिको शासन अनुसार चल्ने पार्टीको रुपमा कांग्रेसलाई स्थापित गराउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : May 29, 2023 at 2:34 pm