१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

वडाध्यलाई कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ

१४ जेठ, काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र सहनीलाई कार्वाही गर्न माग गर्दै बसहियाका स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् ।

आइतबार सयौंको संख्यामा आएका स्थानीयबासीहरुले वडाध्यक्ष उपेन्द्र सहनीविरुद्ध विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन् ।

गत बिहीबार ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला निमार्ण गर्ने भन्दै काम सुरु गर्न खोज्दा सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनु पर्ने मागसहित स्थानीयबासीले विरोध जनाएका थिए ।

उक्त क्रममा वडाध्यक्ष सहनीसहित केहि व्यक्तिले बिरोध गर्न आएका करिब एक दर्जन स्थानीयवासीमाथि निर्घात कुटपिट गरेको प्रदर्शनकारीहरुको आरोप छ ।

उनीहरुले कुटपिट गर्ने माथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन् भने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई समेत ज्ञापन पत्र बुझाएका छन ।

प्रकाशित मिति : May 28, 2023 at 2:41 pm