२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

प्रतिनिधिसभाको बैठक आज, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

१४ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज(अइतवार) दिउँसो १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।

सरकारले चालू आर्थिक वर्षमा भएका गरेका प्रगति विवरण, कमजोरी तथा सुधारका उपाय पत्ता लगाउने उद्येश्यले आर्थिक सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा विषय विज्ञ टोली सहभागि थिए ।

सोही सर्वेक्षण आज संसदमा प्रस्तुत हुन लागेको हो । सर्वेक्षण आगमी आर्थिक वर्षको बिनियोजित बजेटका लागि मार्गदर्शन हुनेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार ०९:१०