१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

एडिलेडमा एनपिपिएफद्धारा भेटघाट तथा वार्विक्यु सम्पन्न

एडिलेड नेपाली जनप्रगतिशिल मञ्च(एनपिपिएफ) साउथ अष्ट्रेलियाको आयोजनामा  भेटघाट तथा वार्विक्यु आयोजना सम्पन्नभएको 

मञ्चका भर्खरै पुनर्गठित साउथ अष्ट्रेलिया राज्य समिति पदाधिकारी तथा सदस्यहरुको परिचयात्मक साक्षात्कार सहितको कार्यक्रममा समाजका अगुवाहरुले नव गठित समितिलाई शुभकामना व्यक्त गरेका थिए

अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एनपिपिएफ अष्ट्रेलियाका सदस्य सुजना अधिकारीले स्वागत मन्तव्य व्यक्तगर्दै नया राज्य समितिले आगामी दिनमा साउथ अष्ट्रेलियाको नेपाली समुदायको हितमा काम गर्न आग्रह गर्दै निमन्त्रणालाई स्विकार गर्दैकार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए कार्यक्रममा जनसम्पर्क समिति साउथ अष्ट्रेलिया अध्यक्ष दिलिप पोखरेल, लेवर पार्टीका प्रतिनिधि दिपक लामा, चितवन समाजका प्रतिनिधि उत्तम अधिकारी, नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेल, एनआरएनए साउथ अष्ट्रेलियाका कोषाध्यक्ष बिष्णु चापागाई, एडिलेड नेपालका सचिव कबीर पोखरेल लगायतका बक्ताहरुले नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना  व्यक्त गरेका थिए सचिव अर्जुन पौडेलले संचालन गरेको कार्यक्रम समापन गर्दै अध्यक्ष भट्टराईले शुभकामना दिनु हुनेअगुवाहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपाली जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र गणतन्त्र स्थापनाको दिवसको समेत शुभकामनाव्यक्त गरेका थिए स्थानिय बोनाथन पार्कमा दिनको बजेबाट शुरु भएको कार्यक्रममा नेपाली समुदायका अगुवाहरुको उल्लेखनीयउपस्थिति रहेको थियो

कोको नयाँ समिति


अध्यक्ष: कृष्ण भट्टराई, उपाध्यक्ष: सुशान्त राई, सचिव: अर्जुन पौडेल, कोषाध्यक्ष: प्रकाश कंडेल, सहसचिव: सचेत गैरे, सदस्यहरु : पुष्पराज अधिकारी, नविन गैरे, भेषराज खड्का, अशोक रिजाल रहेका छन् ।

प्रकाशित मिति : May 27, 2023 at 6:41 pm