३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

आचारसंहिता विपरित मेघराज बाँस्तोला खानेपानीको उम्मेद्वार

१२ जेठ, काठमाडाैँ । विर्तामोड विर्तामोड नगरपालिकाको विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा काँग्रेसका तर्फबाट कर्मचारी आचारसंहित विपरित एकजना कर्मचारी उम्मेद्वार भएका छन् ।

नगरपालिकामा कार्यरत मेघराज बाँस्तोला लोकतान्त्रिक राष्ट्रवादी समुहको तर्फबाट उम्मेद्वार बनेका हुन् । कर्मचारी आचार संहिता विपरित छैटौं तहका कर्मचारी अध्यक्षको उम्मेद्वार भएपछि अन्य दलले विरोध गरेका छन् ।

कोशी प्रदेशका प्रमुख सचिव दिपक काफ्लेका अनुसार निजामती कर्मचारीलाई लाग्ने आचार संहिता नै स्थानीय तहका कर्मचारीलाई लाग्ने भएकोले पदमा बहाल रहेकै बेला पेशागत भएका संस्थाहरुमा सदस्यता लिन र उम्मेद्वार हुन पाइदैन ।

‘जुनियर कर्मचारीले उपल्लो तहबाट अनुमती लिएको भए बेग्लै कुरा’ काफ्लेले भन्नुभयो ‘नत्र बहालवाला कर्मचारीले अन्य संघसंस्थामा उम्मेद्वारी दिन पाइदैन ।’ विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तराका अनुसार बाँस्तोलाले हालसम्म नगरपालिकाबाट कुनै अनुमति लिनु भएको छैन ।

प्रकाशित मिति : May 26, 2023 at 6:18 pm