२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेप्सेमा आठ कम्पनीकाे बाेनस सेयर सूचीकृत, कुनकाे कति ?

१२ जेठ, काठमाडाैं । याे साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आठ कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको छ। नेप्सेमा जेठ ७ गतेदेखि जेठ १२ गतेसम्म्म आठ कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको हाे ।

१) युनाइटेड मोदी हाइड्रोपावर

नेप्सेमा कम्पनीकाे ७ प्रतिशत बोनस बापतकाे ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

२) छिमेक लघुवित्त वित्तीय संस्था

नेप्सेमा कम्पनीकाे २२ प्रतिशत बोनस बापतकाे ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

३) नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा कम्पनीकाे २२ प्रतिशत बोनस बापतको १३ लाख २० हजार कित्ता सेयर सूचिकृत भएको हो ।

४) सांग्रिला डेभलपमेन्ट बैंक

नेप्सेमा कम्पनीको ८.५३४ प्रतिशत बोनस बापतको २५ लाख ६९ हजार २२०.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

५) लक्ष्मी लघुवित्त वित्तिय संस्था

नेप्सेमा लक्ष्मी लघुवित्त वित्तिय संस्थाको १५ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८१ कित्ता बोनस सेयर भएको हो ।

६) एनएलजी इन्स्योरेन्स कम्पनी

नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस बापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

७) सबैको लघुवित्त वित्तिय संस्था

नेप्सेमा सबैको लघुवित्त वित्तिय संस्थाको १८ प्रतिशत बोनस बापतको ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

८) इन्फिनिटी लघुवित्त वित्तिय संस्था

नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत बोनस बापतको ८ लाख २९ हजार कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।सूचीकृतपश्चात् यी सबै कम्पनीकाे सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : May 26, 2023 at 1:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/