२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नक्कली भुटानी शरणार्थी प्रकरणः आजदेखि प्रतिवादीहरुको बयान सुरु हुँदै

१२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको बयान सुरु हुँदैछ । काठमाडौ जिल्ला अदालतमा दायर भएको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

गत बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण,सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई लगायतका ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

दायर मुद्दामाथि आजदेखि न्यायाधीश समक्ष बयान सुरु गरिएको हो ।आरोपीहरुको बयान र थुनछेकका लागि कम्तीमा दुई साताको समय लाग्ने अनुमान गरिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आरोपीहरुको मिलेमतोमा १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

प्रकाशित मिति : May 26, 2023 at 12:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/