समिट लघुवित्तको वार्षिक साधारणसभा स्थगित
१२ जेठ, काठमाडाैं । समिट लघुवित्त वित्तीय संस्थाकाे १४ औँ वार्षिक साधारणसभा स्थगित भएकाे छ । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ।
कम्पनीले आफ्नो वार्षिक साधारणसभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा जेठ ३० गते बिहान १०ः३० बजे बाेलाएकाे थियो । सभामा आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भनिएकाे थियाे ।
मर्जर प्रक्रियामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तको साधारण सभाको विशेष प्रस्तावमा केही फेरबदल गर्नुपर्ने भएकाले आफ्नो वार्षिक साधारण सभा केही समयको लागि स्थगित गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : May 26, 2023 at 11:22 am









