११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

दशैँको अहिलेसम्मकै चर्चित शुभकामना, जुन फेसबुकमा भाइरल बनिरहेको छ

३१ असोज, काठमाडाैँ । दशैँको एउटा शुभकामना भाइरल भएको छ । विश्वपरिवेशलार्इ चित्रण गरिएको उक्त शुभकाना लखाैँको म्यासेज बक्समा पुगेको छ । अलि फरक शैलीको शुभकामना भाइरल बनेका कारण हामीले उहाँ उल्लेख गरेका छाैँ । यो शुभकामना कसले कहाँबाट सिर्जना गर्यो भन्ने पहिचान भएको छैन तर अहिले धेरैको म्यासेज बक्समा पछिल्लो शुभकामनाको रूपमा स्टोटर भएको छ ।

यस्तो छ शुभकामना

अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु, जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु, चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु,
भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु,
आफु ‘सही छु’ भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु,
जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु,
जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु,
ग्रीसको अर्थतन्त्र जस्तो “भित्र खोक्रो बाहिर बोक्रो” भएर पनि काम छैन जरै देखी मजबुत हुनु,
रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटी जस्तो सानो सोच लिएर कहिल्यै नहिंड्नु,
समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै तपाईंका दुश्मनहरुले घेर्नेछन् तर पनि नडराउनु,
आफ्नो इमानमा डटिरहनु,
आफ्नो फाइदा हुन्छ भने BBC CNN जस्तो गरि असत्यलाई पनि ‘सत्य’ र सत्यलाई पनि ‘असत्य’ भन्दै नहिड्नु,
सधैं ‘अल्जाजिरा टेलिभिजन’ झैँ तटस्थ भएर उभिनु,
संयुक्त राष्ट्र संघझैं दादागिरी देखाउन थाले IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन, त्यसैले निर्धाहरुको पनि अस्तित्व स्वीकार्नु,
ती आँखा सधैं ‘वीकी लिक्स’ झैं चनाखो राख्नु,
त्यसै गरी तपाईंहरुका बोली र बिचारले संसार भर ‘पनामा पेपर्स’ जत्तिकै तहल्का मच्चाउन्
विजया दशमीकाे यही छ शुभकामना ।। ????
दशैको शुभकामना नया तरीकाले आयो

प्रकाशित मिति : October 17, 2018 at 9:11 am