१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

रवि लामिछानेको चेतावनीः घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ

११ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ भन्दै चेतावनी दिएका छन् ।

बारम्बार आफुमाथि मुद्दा पर्न थालेपछि त्यस्को प्रतिक्रिया स्वरुप बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ नी भन्दै आफ्नो आक्रोश नै पोखेका छन् ।

उनले लेखेको छन् ‘ मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।

१) सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुनः कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलिसकेको थिए।

४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ। स्ट्याट्सको अन्तिममा पोखेको आक्रोशलाई लिएर उनीप्रति बिभिन्न टिकाटिप्पणी पनि भइरहेका छन् ।

प्रकाशित मिति : May 25, 2023 at 12:03 pm