५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

१० जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

बुधबार सरकारी वकिल कार्यालयलेएमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पालगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १७:००