३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

यी सहकारीलाई कर्जाको साँवा, ब्याज र हर्जना तिर्न कोषको निर्देशन, नतिरे कालोसूचीमा राखिने

१० जेठ, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सम्झाैता गरे अनुसार ऋण चुक्ता नगर्ने ७० वटा सहकारी संस्थालाई लिएको ऋणको साँवा, ब्याज र हर्जना बुझाउन निर्देशन दिएको छ । कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण अहिलेसम्म चुक्ता नभएकोले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने साँवा, व्याज र हर्जाना सहितको सम्पूर्ण रकम बुझाउन संस्थाले अनुराेध गरेकाे छ ।

स्वरोजगार कोषलेले एक सूचना जारी गर्दै ताेकिएकाे समयअवधिभित्र संस्थाले तिर्नुपर्ने ऋणको साँवा, ब्याज र हर्जना नबुझाएमा तीनपुस्ते विवरण सहित रकम असुलीको लागि कालो सूचिमा राख्ने, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गर्ने जनाएको छ ।

‘तोकिएको समयमा रकम नबुझाएमा निम्न बमोजिमका संस्थाका संचालक समिति, लेखा समिति एवं कर्जा उप समिति (सम्झौता गर्दाको बखतको समिति देखि हालसम्मका) को तीनपुस्ते विवरण सहित रकम असुलीको लागि कालो सूचिमा राखि, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराईन्छ’ कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : May 24, 2023 at 12:06 pm