५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बुधबार कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?

१० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७२ पैसा र बिक्री दर १६४ रुपैयाँ ४७ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ११ पैसा पुगेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ,३१ पौसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १०:१६