५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नवनियुक्त दुई मन्त्रीको शपथ आज

१० जेठ, काठमाडौं। सरकारका दुई नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ आजै शीतल निवासमा लिने भएका छन् । जसपाका नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्न गराउने तयारी गरिएको हो ।

मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम दुई मन्त्री नियुक्त गरे।
नवनियुक्त मन्त्रीद्वयले राष्ट्रपति निवासमा आज बिहान १० बजे शपथ लिदै छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिदै जनता समाजवादी पार्टीबाट दुई मन्त्री नियुक्त गरेसंगै आजै उनीहरुको पद तथा गोपनियताको शपथ गराउने तयारी गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १०:०७