३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

आज संसद्को संयुक्त बैठक बस्दै

१० जेठ, काठमाडौं । संघीय संसदको संयुक्त बैठक आज(बुधवार)दिउँसो चार बजे बस्ने भएको छ । बुधबार बैठकमा संवैधानिक नियुक्तिका सम्बन्धका ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०८० पेश गर्न लागेको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले जानकारी दिए ।

‘संयुक्त समिति(कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेश गर्न लागिएको छ । विशेषगरी संवैधानिक नियुक्तिको बारेमा संघीय नियमावली महत्वपूर्ण भएकाले पास गर्नका लागि उक्त बैठकमा सबै राजनीतिक दल उपस्थित हुने देखिन्छ ।’ उक्त बैठक संघीय संसद भवन नयाँबानेश्वरमा संयुक्त रुपमा बुधबार दिउँसो बस्न लागेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १०:०४