५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुनिल पाठकलाई ग्लोबल सिईओ अवार्ड

९ जेठ, काठमाडौँ । संयुक्त राज्य अमेरिकाको कोलोराडोमा एक नेपाली ग्लोबल सिईओ अवार्डबाट सम्मानित भएका छन । सिईओ क्लब ग्लोबलले आयोजना गरेको ग्लोबल सिईओ समिटमा कोलोराडोमा व्यवसाय गर्दै आएका समाजसेवी सुनिल पाठक फिलान्थोपिक सिईओ, २०२३ बाट सम्मानित भएका हुन ।

विश्वभरका मिलिनियरहरु मध्येबाट दुईजना सम्मानित भएकामा एक नेपाली पनि त्यसमा परेका हुन् । यसरी सम्मानीत हुनेमा ग्लोबल चिकित्सक तथा नर्स नेटवर्कका संस्थापक अध्यक्ष डा. होजत अस्करी र एटिए ग्रुपका अध्यक्ष तथा सिईओ सुनील पाठक रहेका छन । नर्थसेन्टल युनिभर्सिटिबाट पाठकले विद्यावारिधि गरेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १०:५९