११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ब्रदर्श युनाइटेडको खेलाडी सम्मान साँझ, बर्ष खेलाडी सुरज राउत

एडिलेड ब्रदर्श युनाईटेड फुटवल क्लब(बियुएफसी) एडिलेडले खेलाडीहरुको सम्मान साझ सम्पन्न गरेको

सम्मान कार्यक्रममा क्लबले बर्ष २०२२मा क्लबका तर्फबाट खेलीएका विभिन्न वाह्य खेलहरु आन्तरिक खेलहरुमा गरेको  प्रदर्शनकोआधारमा खेलाडीहरुलाई सम्मान गरेको क्लवका सचिव उमेश बुढाथोकीले बताए

एडिलेडमा आयोजित सम्मान साझमा बर्ष खेलाडीका रुपमा सुरज राउतलाई सम्मान गरिएको थियो राउतलाई ट्रफी सहित अष्ट्रेलियनडलर एक सहितले सम्मान गरिएको थियो ।यसै गरि उत्कृष्ट डिफेन्डर – उर्गेन लामा ज्ञानेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डरनबिन पुन, उत्कृष्ट स्ट्राइकरमनिष न्यौपाने आशिष खड्का भएका थिए भने इमर्जिङ प्लेयर अफ इयरसिद्धान्त कार्की, प्लेयर च्वाईस अवार्डअमन मोक्तान, भेट्रान प्लेयर अफ इयरमनोज बडु, मोस्ट भ्यालुएबल प्लेरसज्जनकेसीलाई प्रदान गरिएको थियो

कार्यक्रममा उत्कृष्ट प्रशिक्षकको सम्मान प्रशिक्षक अनुज घलेलाई प्रदान गरिएको थियो ।२०२२ का सर्वाधिक गोलकर्तासुरज राउत, आन्तरिक कप विजेताटीम नीलो समुराई, आन्तरिक कपमा सर्वाधिक गोलकर्ता सुरज राउत उत्कृष्ट गोलकिपरइराज सिटौला भएका थिए

सचिव बुढाथोकीले खेलाडीहरुको सम्मानले खेलाडीहरुमा प्रोत्साहन हुने आगामी दिनका खेलहरु क्लवले अझै राम्रो प्रदर्शन गर्नेविश्वास व्यक्त गरे । कार्यक्रम क्लवका अध्यक्ष बिकास महर्जनको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : May 22, 2023 at 5:38 pm