२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

चार विकास बैंकलाई राष्ट्र बैंककाे कारबाही, कुनले कति तिरे जरिवाना ?

८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले उल्लंघन गर्ने चार विकास बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र अनिवार्य नगद मौज्दात उल्लंघन गर्ने चार विकास बैंकलाई कारबाही गरेको हो। तेस्रो त्रैमासमा सीडी रेसियो र अनिवार्य नगद मौज्दात कायम नगर्ने विकास बैंकलाई नगद जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सीडी रेसियो सीमा मिच्ने कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई नगद जरिवान गरेको छ। त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकले अनिवार्य नगद मौज्दात सीमा नपुर्याएको भन्दै नगद जरिवाना गरको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकले सिडि रेसियो कायम नगरेको भन्दै केन्द्रिय बैंकले १९ लाख ३६ हजार रुपैयाँ जरीवाना तिराएको छ भने नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४ रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार र र्कोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार जरीवाना तिराएको छ। फेरि नारायणी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै ३ पटकसम्म जरीवाना तिराएको छ।

प्रकाशित मिति : May 22, 2023 at 2:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/