५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘आन्तरिक उत्पादनलाई बढावा दिन आगामी बजेट उदार हुनुपर्छ’

७ जेठ,  काठमाडौं । नेपाल चामल तेल दाल उघोग संघले नेपाल सरकारले आन्तरिक उत्पादनलाई बढावा दिनआगामी बजेट मार्फत व्यवस्थापन गर्न माग गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष सुवोध गौतमले दाल, चामल र तेलमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताए । उनले भने ‘ कृषि भूमिको संरक्षण र प्रवद्र्धन नहुनु कृषि उद्योगहरुलाई अग्रग मन तर्फ लान सक्ने ठोस संकेत होईन् । नेपाल सरकारले यो विषयलाई अन्यौलमा राख्नु हुँदैन् । सरकारले बेला बेला नयाँ नीति परिवर्तन गरिरहँदा अराबौंको लगानी जोखिममा परेको छ । ’

कृषिलाई पुर्ण प्राथमिकतामा राखेर स्थापना भएको उद्योगहरुप्रति सरकारको प्रष्ट नीति नहुनु राज्यको कमजोर पक्ष भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १७:२२