१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

वर्तमान सरकारको कामले सकारात्मक सन्देश दिएको छः उपाध्यक्ष महारा

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको गतिले देश र जनतालाई सकारात्मक सन्देश दिएको बताएको छ ।समसामयीक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थीमाथि कारवाही, मिटरव्याज पीडितलाई न्यायदिन कानून निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षाकोषमा आवद्ध, विदाको दिनमा कार्यालय सुचारु राख्ने कामले सकारात्मक सन्देश दिएको बताए ।

‘इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालयमा पुर्याइएको, रोकिएको घरजग्गा कारोवार फुकुवा, अर्थतन्त्रमा सुधार, खेलाडीहरुलाई पुरस्कार, दुधको मूल्यमा समायोजन, राष्ट्रिय परिचयपत्र ७७ वटै जिल्लाबाट वितरण, खाद्यवस्तुमा विषादीको परीक्षण, मौद्रिक र वित्तीय नीतिमा खुकुलोपन आदि सरकारका सकारात्मक कदमहरु हुन् ।’

सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर हुने, रोजगारी प्रवर्दन कम्तिमा पाँच लाख रोजगारी सृजना गर्ने, सबैको घरधुरीमा विजुली पुर्याउने, शान्ति प्रकृयाका बाँकी काम पुरा गर्ने समेटिएको बताए ।

प्रकाशित मिति : 16:52