२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

भारतसँग कुरा राख्न नडराउन प्रधानमन्त्री दाहाललाई ओलीको सुझाव

७ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र भारतसँग आफ्ना कुरा राख्न नडराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दाहाललाई राष्ट्रको हितमा बोल्न मनमा चिसाे राख्न नपर्ने सुझाव पनि दिए ।

उनले भने ‘भारत हाम्रो मित्र राष्ट्र र छिमेकी दुवै हो आफ्ना कुरा भन्न डराउनु हुँदैन। मनमा चिसो पनि राख्न हुँदैन। डर पनि मान्नु पर्दैन् । ’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १३:४७