२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नीति तथा कार्यक्रममा ओलीको टिप्पणीः यो देशमा यस अघि सरकार थिएन?

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रमले यस अघि यो देशमा कुनै सरकार नै थिएन झै छनक दिएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष ओलीले यस अघि यो देशमा कुनै नीति नै बनेको थिएन कि भन्ने भान दिएको आरोप लगाए ।

उनले भने ‘ प्रस्तावित नीति तथा कार्यक्रममा नौ देशमा पहिलो पटक तर्जुमा गरिएको जस्तो झलक दिने गरि प्रस्तुत भएको छ । मानौ यो भन्दा पहिले कुनै सरकार थिएन कि ? कसैले काम गरेका थिएकि , कुनै नीति बनेका थिएन कि ?त्यो छोडेर मा निलीउ अहिले यो सरकार नै पहिलो स्वयम्भू हो । यो प्रथम स्वयम्भू अवतरित भएर प्रथम सरकार बनेको छ । पहिलो हामीले नीति तथा कार्यक्रम गरेका छौं प्रथम सरकार बनेको जस्तै गरि यो प्रस्तुत भएको छ । शून्यबाट सुरु गरिएको भान दिन खोजिएको छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १२:४२