१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

सरकारलाई गोकुल बाँस्कोटाको प्रश्नः शहीदको सूची कुन आधारमा निकालियो ?

७ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले शहीदको सूची कुन आधारमा निकालेको भन्दै प्रश्न गरेका छन्।आइतबारको प्रतिनिधिसभा बैठकमा उनले भने ‘सरकारले झण्डै ६७ हजार जनाको शहीदको सूची निकाल्यो। मेरो जिल्लाको पूर्वमाओवादी नेता यानप्रसाद गौतम शहीद हो कि गद्दार हो ? राजु भुजेल शहीद हो कि गद्दार हो ? जवाफ चाहियो ? न राज्यले जिम्मा लिन्छ न तत्कालीन विद्रोही? यो कसरी निकालियो ?’

हिजो पाँचखालमा परेको असिना पानीले सयौँ रोपनीमा लगाएको बाली नष्ट गरेको भन्दै बाली बीमा र तटबन्धको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : May 21, 2023 at 12:34 pm