२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमाले अध्यक्ष ओलीले आजको संसदमा सम्बोधन गर्ने

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र अन्य समसामयिक राजनीतिक विषयमा संसदमा धारणा सावर्जनिक गर्दैछन् ।

आजबाट सुरु हुने सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै अध्यक्ष ओलीले विविध विषयमा आफ्ना धारणा राख्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले गत ४ गते संसदमा शरणार्थी प्रकरणका बारेमा आफ्ना धारणा राख्ने तय भए पनि स्वास्थ्यका कारण संसद बैठकमा उपस्थित हुन नसक्दा सम्भव भएको थिएन ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ । एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो । संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार ०९:३२