२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने सरकारको घोषणा

५ जेठ, काठमाडौं । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामीआर्थिक बर्ष २०८० / ८१ को नीतितथाकार्यक्रम पेश गर्दै अर्थतन्त्रको संरचनागत सुधारमा सरकार प्रतिवद्ध रहेको बताए ।

उनले संविधान र संघीयताको प्रभावकारी कार्यन्वयनकालागि सरकार दृढ रहेको उल्लेख गर्दै पुँजीगत खर्चमा वृद्धि गरि गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिइने बताए ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने ‘ शासकीय व्यवस्था र सेवाप्रवाह गर्ने कुरामा सुधार गर्दै भ्रष्टाचार नियन्त्रण गरिने छ , उत्पादन तथा राेजगारी वृद्धि , हरित अर्थतन्त्रको विकास ,पर्यावरणीय सन्तुलन, आर्थिक सामाजिक विभेदको अन्त्यगरि गरिवी निवारणमा पनि ध्यान दिइने छ । समावेशी विकासमा जोड दिदैं शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने,मुलुकको राष्ट्रिय हितको रक्षा गरि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको अवलम्वन पनि सरकारले ध्यान दिनेछ । ’

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १७:१४