१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

एडिलेडमा एभरेष्ट डे मनाइदै, मे२८ पदयात्रा एवं मे २० र २१ चित्रकला प्रतियोगिता

एडिलेड एभरेष्ट डे २०२३ को सन्दर्भमा एडिलेडमा विविध कार्यक्रमको आयोजना गरेर मनाईने भएको

नेपाली समुदायिक संस्थाहरुको संगठन फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का)को साउथ अष्ट्रेलियासमितिको आयोजनामा मे २८ मा एडिलेडमा पदयात्रा हुने भएको भने मे २० एडिलेड नेपाली विद्यालय मे २१ मा नेपालीपाठशालामा विभिन्न उमेर समुहका बालबालिका विच जलवायु परिवर्तनका विषयमा चित्रकला प्रतियोगिता हुने फेन्का साउथ अष्ट्रेलियासंयोजक कपिल पाण्डेले बताए

चित्रकला प्रतियोगिता वर्ष उमेर, १२ वर्ष उमेर, १४१५ वर्ष उमेर समुह गरि तिन समुहमा हुने भएको

मे २८ मा हुने पद यात्रा मोरियालता प्ले स्पेसबाट शुरु हुने कार्यक्रम रहेको कार्यक्रममको समापनमा चित्रकलामा पुरस्कृतबालबालिकाहरुलाई पुरस्कार वितरण सहित औपचारिक कार्यक्रम गरेर समापन गरिने संयोजक पाण्डेले बताए

संयोजक पाण्डेले विश्वको सर्वोच्च शिखर नेपालको पहिचान माउन्ट एभरेष्ट माथी मानव जातिले सफलता पुर्वक आरोहण गरेकोऐतिहासिक दिनको संझना गर्दै पछिल्लो समय जलवायु परिवर्तनले एभरेष्ट सहित खास गरि हिमाली क्षेत्रमा पारेको प्रभाव वारेमा चेतनाफैलाउन कार्यक्रम आयोजना गरिएको बताए उनले फेन्काले साउथ अष्ट्रेलिया सहित अष्ट्रेलियाका सबै राज्यहरुमा एभरेष्ट डे विविधकार्यक्रम आयोजना गरि मनाउन लागेको समेत बताए

प्रकाशित मिति : May 19, 2023 at 5:06 pm